Press Release

जस्तापाता उत्पादन गर्ने हुलास स्टिलको व्यापार ४.१७ अर्बले बढेर साढे १५ अर्ब नाघ्यो

काठमाडौं। हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले एकैवर्ष १५ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको कारोबार गरेको छ। अघिल्लो वर्ष २०२०/२१ को तुलनामा २०२१/२२ मा कम्पनीको व्यापार ४ अर्ब १७ करोड रुपैयाँले वृद्धि भएको छ।

२०२०/२१ मा कम्पनीले ११ अर्ब ४७ करोड ५६ लाख रुपैयाँको व्यापार गरेको थियो। २०१९/२० मा ६ अर्ब १४ करोड र २०१८/१९ मा ८ अर्ब ५४ करोड रुपैयाँको कारोबार गरेको थियो।

सन् २००६ मै पब्लिक कम्पनीमा रुपान्तरण भएको हुलास स्टिलले चार्न्ले डेभलपमेन्ट कम्पनीको ५० प्रतिशत र गोल्छा परिवारको बाँकी ५० प्रतिशत हिस्सा छ।

जयश्री गोल्छाको २१ प्रतिशत, हिमान्सु गोल्छा, हितेश गोल्छा र हुलास मेटल क्राफ्टको समान ६/६ प्रतिशत सेयर स्वामित्व छ भने बाँकी अन्यसँग छ।

हुलास स्टिलले विभिन्न प्रकारका जस्तापाता उत्पादन गर्छ। कम्पनीसँग वार्षिक ४ लाख ८१ हजार टन उत्पादन क्षमता छ।
कम्पनीले ८ अर्ब ७५ करोड रुपैयाँको बैंकिङ कर्जाका लागि इक्रा नेपालबाट रेटिङ पाएको छ।

Source: https://bizmandu.com/content/20230425184457.html

More Like This

Press Release from Hulas Steel