Press Release

तालिम तथा रोजगार कार्यक्रम आयोजना गर्दै हुलास स्टील

हुलास स्टील उद्योग लिमिटेडको औद्योगिक यात्रा नेपालमा सन् १९८१ मा ग्रीनफिल्ड भेन्चर, कोमक्राफ्ट र गोल्छा समूहद्वारा संयुक्त रुपमा शुभारम्भ भएको थियो। यस उद्योगको “गुराँस“ छाप आज कर्कट जस्तापाता, अलुमिनियुम पाइप र स्टील संरचना उत्पादनको उच्च गुणस्तरताको पर्यायवाची नामको रुपमा चिनिने गरेको छ।

हिप्को सुपरबिल्ड हुलास स्टील कै एउटा नविन उद्योगको रुपमा रहेको छ।  हिप्को सुपरबिल्ड स्टील संरचना उत्पादन गर्ने पहिलो उद्योग र सम्पूर्ण स्टील उत्पादन क्षमता भएको मुलुककै एक मात्र उद्योगको रुपमा रहेको कम्पनीले बताएको छ।

उद्योगको उत्पादनबाट नेपालभर ठुला स्टील संरचनाका व्यावसायिक भवन, भण्डारण, सोरुम, पोल्ट्री फार्म र हवाई ह्याङ्गरहरु बनेका छन्। सँगै फ्याब्रिकेसन उत्कृष्टतामा दक्षता बढाउन हिप्को सुपरबिल्ड प्रतिबद्ध रहेकाे कम्पनीको भनाइ छ।

हिप्को सुपरबिल्ड स्टील फ्याब्रिकेशन तालिम तथा रोजगार कार्यक्रमले नेपालको श्रम बजारको प्रमुख चुनौतीहरूलाई समाधान गर्न बेलायत सरकारद्वारा सहयोगार्थ रोजगारका लागि सीप कार्यक्रम नेपालको लुम्बिनी र मधेश प्रदेशमा कार्यान्वयन हुँदै आएको छ।

यस कार्यक्रमले ४५,००० नेपालीहरुको जीविकोपार्जन उन्नत बनाउने काम गर्दै आइरहेको छ। यो कार्यक्रमलाई दिवाकर गोल्छा कर्परेशन अन्तर्गत हुलास स्टील उद्योग लिमिटेड र हिप्को सुपरबिल्डले संयुक्त रुपमा कार्यान्वयन गर्दै आइरहेको छ। यसको साझेदारी नेपाल उद्योग परिसंघ र मेक ईन नेपाल (स्वदेशी) अभियानले गरेका छन्। यस कार्यक्रमले १,३४८ जनालाई श्रम बजारको माग अनुरूप तालिम र रोजगार दिन लागेको कम्पनीले बताएको छ।

यस तालिम सात दिनको अवधि भरि रहने छ। यो तालिम वीरगन्ज महानगरपालिका वडा नं ३१ बेलवा परसौनीस्थित हिप्को सुपरबिल्डको कारखानामा दिन लागिएको हो।

यो तालिम विशेष गरी स्टील / फलामका श्रमिक, महिला, अति निम्न आय भएका व्यक्ति र बिपन्न वर्गलाई लक्षित गरिएको छ। यस तालिममा नेपाली नागरिकता भएका र मधेश प्रदेश र लुम्बिनी प्रदेशमा स्थाई वा अस्थाई रुपमा बसोबास गरिरहेकाहरू सहभागी हुन सक्नेछन्।

यो तालिम असार २०८० देखि कार्तिकसम्म लागु गरिनेछ। यस तालिमले निर्माण र निर्माण सामग्री उत्पादन गर्ने निजी क्षेत्रका कलकारखानाहरुलाई आफ्नो व्यवसायको माग अनुसारको दक्ष कामदार प्रदान गर्ने कम्पनीको भनाइ छ।

हुलास स्टीलले प्राकृतिक श्रोत र सामाजिक विकासलाई सन्तुलनमा ल्याउँदै समग्र मुलुकको दिगो आर्थिक वृद्धिमा महत्त्वपूर्ण योगदान दिँदै आएको कम्पनीले जनाएको छ।

More Like This

Press Release from Hulas Steel